राजनीति

संविधानबारे भ्रमको खेती बन्द गर्न रामचन्द्र पौडेलको आग्रह

इकागज |
असोज ३, २०७८ आइतबार १९:५८ बजे

काठमाडौँ – सत्तारुढ नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संविधानको सफल कार्यान्वयनमा सबै दलहरू गम्भीर हुनुपर्ने बताएका छन् । आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले संविधानलाई अहिले केही दलहरूले प्रयोगमा रूपमा मात्र बुझ्नु गलत भएकोसमेत बताएका छन् । 

संविधानले मुलुकलाई बाटो देखाइदिएको भन्दै संविधानमा रहेका प्रावधानलाई सही तवरले कार्यान्वयन गर्नुपर्ने पौडेको भनाइ छ । उनले केही राजनीतिक दलले संविधानमा रहेका विषयको गलत व्यख्या गर्दै गलत नारा दिएर जनतामा भ्रम छर्ने राजनीतिक खेती गरेको भन्दै त्यस्तो खेती तत्काल बन्द गर्न आग्रह गरे । कार्यक्रममा अन्य दलका नेताहरूले संविधानको सफल कार्यान्वयनका लागि सिंगो मुलुक नै एकताबद्ध हुनुपर्ने बताए ।



Author

थप समाचार
x