राजनीति

जनकपुरधाममा लाग्यो ‘राजा आउ देश बचाऊ’को नारा

इकागज |
असोज ३, २०७८ आइतवार २०:१८ बजे

जनकपुरधाम - संविधान दिवसका दिन संविधानविरूद्ध प्रदेश २ भरि विरोध प्रदर्शन भईरहेका बेला जनकपुरधाममा ‘राजा आउ देश बचाऊ’को नारा लागेको छ । आइतबार संविधानविरूद्ध मधेश केन्द्रित दल विरोध प्रदर्शन गरिरहेकै बेला पूर्व युवराज्ञी हिमानी शाहको जनकपुरधाम भ्रमणको क्रममा नगरमा सो नारा लागेको हो ।

खानेपानी सामाग्री वितरणका लागि एक ट्रष्टद्वारा सोमबार आयोजना हुन लागेको कार्यक्रममा सहभागी हुन पुर्व युवराज्ञी हिमानी जनकपुरधाम आएकी हुन् ।
विमानस्थलदेखि उनी बस्ने तय भएको होटल सीताशरणसम्म र जानकी मन्दिरमा पूजा अर्चनाका लागि गइरहेको बेला होटलदेखि जानकी मन्दिरसम्म नगरभरि राजा समर्थकहरूले ‘राजा आउ देश बचाउका नारा लगाएका थिए ।


यसअघि राजा समर्थक संस्था नेपाल राष्ट्रिय नागरिक समाजले संविधानको विरोध सहित २०४७ सालको संविधान लागू गर्न माग गर्दै विरोध प्रदर्शन गरेका थिए ।

जनकपुर भ्रमणको क्रममा आउने बितिकै उनी जानकी मन्दिरमा बेलुका पुगेर विशेष पूजा अराधना गरेकी छिन भने सोमबार जनकपुरधामको कन्या मावि स्कुलमा खानेपानी सम्बन्धि सामाग्री वितरण गर्नेछिन ।

पूर्व युवराज्ञी हिमानीको स्वागतका लागि मन्दिर झिलीमिली बत्तिले झकिझकाउ पारिएको थियो भने रेड कार्पेट समेत उनको स्वागतका लागि व्यवस्था गरिएको थियो ।
 


Author

थप समाचार
x