राजनीति

मन्त्रिपरिषद् विस्तार छिट्टै हुन्छ : प्रधानमन्त्री देउवा

इकागज |
असोज ४, २०७८ सोमबार १३:५६ बजे

फाइल फाेटाे

काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् विस्तार छिटै हुने बताएका छन् ।  प्रतिनिधि सभाको आजको बैठकमा सहभागी भएर निस्कने क्रममा पत्रकारहरुसँग कुरा गर्दै प्रधानमन्त्री देउवाले यस्तो बताएका हुन् ।   ‘मन्त्रिपरिषद्ले छिट्टै पूर्णता पाउँछ,’ उनले पत्रकारहरुको प्रश्नको जवाफ दिँदै भने । 

सरकार गठन भएको दुई महिनाभन्दा धेरै भइसके पनि अझै मन्त्रिपरिषद् विस्तार हुन सकेको छैन । केपी ओली नेतृत्वको सरकार ढालेर गठबन्धनको सरकारको नेतृत्व गरेका देउवाले पाँच सदस्यीय मन्त्रिपरिषद्कै भरमा सरकार चलाएका छन् । देउवा आफैँले दर्जनौँ मन्त्रालय ओगटेका छन् ।   
 गठबन्धनमा सहभागी दलहरु कांग्रेस, माओवादी केन्द्र र जसपाबीच मन्त्रालयको बाँडफाँटको विषयमा पनि कुरा मिलेको छैन ।  



Author

थप समाचार
x