राजनीति

माओवादी केन्द्रले मन्त्रीको टुंगो भोलि लगाउने

इकागज |
असोज ६, २०७८ बुधबार १८:३ बजे

फाइल फोटो

काठमाडौँ - नेकपा माओवादी केन्द्रले बिहीबारसम्म पार्टीबाट मन्त्रीमण्डलमा सहभागी हुनेको नाम टुङ्गो लगाउने भएको छ । पार्टी कार्यालय पेरिसडाँडामा बुधबार बसेको स्थायी कमिटी बैठकमा अध्यक्ष प्रचण्डले बिहीबारसम्म राजनीतिक दलसम्बन्धी अध्यादेशका बारेमा टुङ्गो लाग्ने र मन्त्रिपरिषद् बिस्तार हुने ब्रिफिङ गरेपछि माओवादीले मन्त्रीमण्डलमा सहभागी हुनेको नाम टुङ्गो लगाउन लागेको हो । बैठकपछि प्रवक्ता कृष्णबहादुर महराले मन्त्रिपरिषद विस्तार बिहीबार हुने र माओवादी तर्फबाट सरकारमा सहभागी हुनेको नाम पनि टुङ्गो लाग्ने बताए । 

बैठकमा अध्यक्ष दाहालले अध्यादेशको कारणले मन्त्रीपरिषद् बिस्तारमा ढिलाई भएको बताएको महराले जानकारी दिए । बिहीबार बस्ने प्रतिनिधिसभाको बैठकमा दल विभाजन अध्यादेशको प्रतिस्थापन विधेयक ल्याउने तयारी भइरहेको महराले बताए ।


त्यस्तै बैठकले माओवादीको प्रवास समितिले बनाएको निर्देशिकालाई समेत अनुमोदन गरेको छ । निर्देशिकामा ६ वटा उपक्षेत्र बनाएर पार्टीले काम गर्ने उल्लेख गरिएको प्रवक्ता महराले जानकारी दिए । 


Author

थप समाचार
x