राजनीति

ओलीको आरोप- विद्वान राजदूतहरूलाई फिर्ता बोलाएर सरकारले नालायकीपन देखायो

इकागज |
असोज ६, २०७८ बुधबार २०:० बजे

नेपालगञ्ज – प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बर्तमान सरकार राष्ट्रिय स्वाधिनता, सार्वभौमिकता र विकास विरोधी भएको आरोप लगाएका छन् । एमाले बाँकेले बुधबार नेपालगञ्जमा आयोजना गरेको जिल्ला भेलालाई सम्बोधन गर्दै ओलीले यस्तो बताएका हुन् ।

वर्तमान सरकारले जनताको हक, हितविपरीत काम गरेको र राष्ट्रिय स्वाधिनता, सार्वभौमिकता र विकासलाई प्राथमिकता नदिएको ओलीको आरोप छ । अदालतको परमादेशबाट बनेको सरकारले अघिल्लो सरकारले ल्याएका विकास आयोजनालाई हटाएको ओलीको तर्क छ ।


‘विद्वान व्यक्तिहरूलाई राजदूतावासबाट फिर्ता बोलाएर, भुमिसम्बन्धि समस्या समाधान आयोग खारेज गरेर, पार्टी विभाजनलाई सजिलो बनाउनका लागि अध्यायदेश ल्याएर यो सरकारले आफ्नो नालायकीपन छरपस्ट पारेको छ,’ ओलीले भने । पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीले आफू नेतृत्वको सरकारले जनता आवासअन्र्तगत १२ हजार घर, ३१ वटा सडक पुल तथा २ सय १० वटा सडक र ३ सय ९६ वटा अस्पताल एकै दिनमा शिलान्याश गरेर विकासलाई तीव्र रूपमा अगाडि बढाएको दाबी गरे ।
 


Author

थप समाचार
x