राजनीति

मन्त्रालय भागबन्डा नमिलेपछि बिनानिष्कर्ष सकियो सत्ता गठबन्धन बैठक, भोलि पुनः बस्‍ने

इकागज |
असोज ६, २०७८ बुधबार २०:२७ बजे

काठमाडौँ - मन्त्रालय भाजवण्डा मिलाउन बसेको सत्ता गठबन्धनको बैठक विनानिष्कर्ष सकिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा साँझ बसको बैठक भोलि बस्‍नेगरी सकिएको र कुनै निर्णय नभएको माओवादी नेता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।  

'बैठक बिना कुनै निर्णय सकियो । भोलि फेरि बस्‍ने कुरा भएको छ,' नेता श्रेष्ठले भने । सत्ता गठबन्धनको बैठक हिजो पनि बसेको थियो । स्रोतका अनुसार कुन मन्त्रालय कुन दलले लिने भन्ने विषयमा नेताहरूबीच कुरा मिल्न नसकेको हो । बाँकी राम्रा मन्त्रालयमा सबै दलले आखा लगाएपछि कुरा नमिलेको बैठकमा सहभागी एक नेताले बताए । 


दुई घण्टा बसेको बैठकमा मिलाउने अथक प्रयास गरिए पनि सबै आ आफ्ना अडानबाट पछि नहटेपछि सहमति हुन नसकेको हो । 

बैठकमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नारायणकाजी श्रेष्ठ , नेपाली कांग्रेस महामन्त्री पूर्णबहादुर खड्का, कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादव, डा. बाबुराम भट्टराइ, नेकपा(एकिकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालको सहभागिता थियो । 

२९ असारमा प्रधानमन्त्रीमा नियुक्त देउवाले आज परराष्ट्रमन्त्रीमा नारायण खड्कालाई नियुक्त गरेपछि ७ सदस्यीय भएको छ । संविधानतः २५ सदस्यीय हुनुपर्ने मन्त्रिपरिषद् विस्तार गर्न गठबन्धन सरकारका प्रधानमन्त्री असफल भएको भन्दै प्रतिपक्षी दल र आम नागरिकले विरोध गरिरहेका छन् । 


Author

थप समाचार
x