राजनीति

माओवादीबाट को-को छन् मन्त्रीको दाबेदार ?

इकागज |
असोज ७, २०७८ बिहीबार ८:३ बजे

काठमाडौँ- केही समयअघिसम्‍म नेकपा माओवादी केन्द्रमा मन्त्री बन्‍नेहरूको सूची लामो थिए । धेरै सांसदले मन्त्री बनाउन दबाब दिएपछि माओवादीका अध्यक्ष पुष्पकमल दाहालले सार्वजनिक कार्यक्रमा नै मन्त्री बन्‍न धेरैले दबाब दिएको बताएका थिए । 

माओवादीले सरकारमा पठाउने मन्त्रीहरुको सूचीबारे छलफल सुरु गरेको छ । माओवादीको बुधबार बसेको स्थायी समिति बैठकलगत्‍तै प्रवक्ता कृष्णबहादुर महराले बिहीबार मन्त्रिपरिषद्‌ विस्तार हुने बताउँदै बिहीबार नै माओवादीबाट मन्त्री हुनेहरूको नाम टुंगो लगाउने बताएका थिए । 


दाहालले सरकारमा पठाउने मन्त्रीहरूको नामबारे पार्टीका शीर्ष नेताहरुसँग छलफल गरिरहेका छन् । शेरबहादुर देउवा नेतृत्व सरकारमा माओवादीले ६ मन्त्रालय र एक राज्‍यमन्त्री पाउने लगभग टुंगो लागिसकेको छ । तर कुन कुन मन्त्रालय पाउने भन्‍ने अहिलेसम्‍म टुंगो नलागेको दाहाल निकट एक नेताले जानकारी दिए ।

माओवादीमा अहिले ७ जना सांसदहरू मन्त्रीका लागि दाबेदार रहेका छन् । ति नेताका अनुसार माओवादीका शीर्ष नेताहरूले नारायणकाजी श्रेष्ठ, हरिबोल गजुरेल, देवेन्द्र पौडेल, सुदन किराती, महेश्वर गहतराज, हरि चौधरी र अमनलाल मोदीबारे छलफल गरिरहेका छन् । यी ७ मध्ये ४ जना मन्त्री हुनेछन् ।

देउवा सरकार गठन भएको आज ७३ औँ दिन पुगेको छ । हालसम्‍म देउवाले सरकारलाई पूर्णता दिन सकेका छैनन् । माओवादीबाट देउवा नेतृत्व सरकारमा अर्थमन्त्री जनार्दन शर्मा र ऊर्जामन्त्री पम्‍फा भुसाल सहभागी छन् ।


Author

थप समाचार
x