राजनीति

मन्त्रीले वडा अध्यक्षमाथि हातपात गरेको भन्दै सानेपामा पौडेल समूहको धर्ना

इकागज |
असोज ७, २०७८ बिहीबार १४:५ बजे

काठमाडौँ – सर्लाही बरहथवा नगरपालिका ४ का वडाध्यक्ष लखेन्द्र महतोमाथि कांग्रेसका नेता तथा प्रदेश २ का महिला, बालबालिका, खेलकुद तथा युवा मन्त्री वीरेन्द्रप्रसाद सिंहले हातपात गरेको विरोधमा कांग्रेस केन्द्रीय कार्यालयमा सानेमामा जारी धर्नामा वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले ऐक्यबद्धता जनाएको छ ।  

पार्टीको क्रियाशील सदस्यताको विवादकै कारण सर्लाहीका नेता कार्यकर्ता लामो समयदेखि सानेपामा धर्ना दिइरहेका बेला वडा अध्यक्षमाथि मन्त्रीले हातपात गरेको भनेर पनि धर्ना बसेका छन् ।   पौडेल समूहले वडा अध्यक्षमाथिको हातपातको घटना र क्रियाशील विवादको समाधान नेतृत्वले गर्नुपर्ने भन्दै माग राख्दै आएको छ ।  
पौडेल समूहले नेता अमरेशकुमार सिंहको नेतृत्वमा केन्द्रीय नेतृत्वलाई दबाब दिन धर्ना बसेको हो । धर्नामा ऐक्यबद्धता जनाउन वरिष्ठ नेतालगायतका नेता पार्टी कार्यालयमा जानेछन् ।  नेताहरु प्रकाशमान सिंह, शेखर कोइरालालगायतका नेता सानेपा पुगेर धर्नामा ऐक्यवद्धता जनाइसकेका छन् ।    
 



Author

थप समाचार
x