राजनीति

पार्टी कब्जा गर्न गुण्डागर्दी गरिँदै छ : शेखर कोइराला

इकागज |
असोज ७, २०७८ बिहीबार १४:१३ बजे

काठमाडौँ – नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा.शेखर कोइरालाले केही नेताहरुले पार्टी कब्जा गर्ने हिसाबले जिल्ला–जिल्लामा गुन्डागर्दी देखाइरहेको आरोप लगाएका छन् ।  आज बिहीबार पार्टी केन्द्रीय कार्यालय सानेपामा  सर्लाही बरहथवा नगरपालिका ४ का वडाध्यक्ष लखेन्द्र महतोमाथि कांग्रेसका नेता तथा प्रदेश २ का महिला, बालबालिका, खेलकुद तथा युवा मन्त्री वीरेन्द्रप्रसाद सिंहले हातपात गरेको विरोधमा जारी धर्नामा ऐक्यबद्धता जनाउँदै नेता कोइरालाले यस्तो बताएका हुन् ।  

‘पार्टी कब्जा गर्ने हिसाबले जिल्ला–जिल्लामा नेताहरुले गुन्डागर्दी देखाइरहेनु भएको छ यो नेकालाई कदापी स्वीकार्य हुँदैन । गुन्डागर्दी गर्ने यस्ता तत्व जिल्ला–जिल्लामा परास्त हुन्छन् भन्नेमा म विस्वश्त छु,’ उनले भने, ‘शान्तिपूर्ण आन्दोलन गर्नुस् संयमित ढंगले गरिने यो आन्दोलनमा हाम्रो पूर्ण समर्थन छ ।’ 


त्यस्तै उनले डडेल्धुरामा सभापति शेरबहादुर देउवा पक्षले प्रहरी प्रशासन लगाएर वडा अधिवेशन गरेको भन्दै आपत्ति जनाए । उनले कांग्रेसको इतिहासमै अहिलेसम्म नभएको काम डडेल्धुरामा भएको उनको भनाइ छ । ‘डडेल्धुरामा प्रहरी प्रशासन लगाएर अधिवेशन गरिएको छ,’ उनले भने, ‘७५ वर्ष लामो इतिहासमा अहिलेसम्म कांग्रेसमा यस्तो भएको थिएन ।’ 


Author

थप समाचार
x