राजनीति

प्रधानमन्त्रीको प्रशासनिक सल्लाहकारमा पूर्व गृहसचिव जनार्दन नेपाल

इकागज |
असोज ७, २०७८ बिहिवार १४:४१ बजे

फाइल फाेटाे

काठमाडौँ - प्रधानमन्त्रीको प्रशासनिक सल्लाहकारमा पूर्व गृहसचिव जनार्दन नेपाल नियुक्त भएका छन् । नेपाल निजामति सेवामा ३६ वर्ष कार्यरत थिए । क्षेत्रीय प्रशासक, वाणिज्य सचिव र गृह सचिव भएका थिए । सात वर्षअघि उनी गृह सचिवबाट अवकाश लिएका थिए ।

उनले शिक्षा र गृह मन्त्रालयमा बढी समय काम गरेका थिए । काभ्रे पाँचखाल नगरपालिका निवासी नेपाल अनुभवी प्रशासक मानिन्छन् । उनी कर्मचारीतन्त्रमा रहँदा कहिल्यै विवादमा परेका  थिएनन् ।



Author

थप समाचार
x