राजनीति

पुष्पकमल दाहाल भन्छन् : केपी ओलीको गिदीमा गोबर भरिएपछि के गर्ने ?

इकागज |
असोज ७, २०७८ बिहीबार १४:५२ बजे

काठमाडौँ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले महान नेता बन्ने अवसर गुमाएको टिप्पणी गरेका छन् ।   पार्टीको युवा संगठन वाईसीएलको दोस्रो पाँचखाल नगर सम्मेलनलाई सम्बोधन गर्दै दाहालले ओलीको गिदीमा गोबर भरिएको भन्द्र छुद्र टिप्प्णी गरेका हुन् ।  

दाहालले आफैँले कम्युनिष्ट एक हुनुपर्छ भनेर एमालेसँग एकताको बाटो खुला गरेर ओलीलाई ठूलो नेता बन्ने अवसर दिएको पनि दाबी गरे ।  
‘केपी जस्तो बुद्धि नभएको अर्काे नेता मैले देखेको छैन,’ उनले भने, ‘माओवादी केन्द्र र एमाले एक भएपछि उनलाई महान नेता बन्ने ठूलो अवसर थियो । तर, गिदीमा गोबर भरिएपछि के गर्ने ? केपी व्यक्ति होइनन् । दम्भी अहंकारी, सामन्ती हिन्दुवादी प्रवृत्ति हुन् ।’  


केपी ओलीले माओवादीलाई सखाप पार्न खोज्दा आफैँ बालुवाटारबाट बालकोट पुगेको दाहालको भनाइ छ ।  दाहालले ओली हरुवा, भगौडा र आफूहरु बिजेता भएको पनि बताए । केपी ओलीले माओवादी आन्दोलन, माओवादी र माओवादीको आन्दोलनलाई सखाप पार्न प्रतिनिधि सभा विघटन गरेको र  ओलीको उक्त काममा विदेशीहरुले साथ दिएको आरोप पनि दाहालको छ ।

 माओवादी आन्दोलनमा होमिएकाहरु फेरि एक हुनुपर्ने बेला आएको उनको भनाइ छ । उनले माओवादीलाई देशको पहिलो शक्ति बन्न कसैले रोक्नै नसक्ने पनि बतताए ।  


Author

थप समाचार
x