राजनीति

सुवेदी गोरखापत्र संस्थानको अध्यक्ष नियुक्त

इकागज |
असोज ११, २०७८ सोमबार २०:४५ बजे

काठमाडौँ – सरकारले गुल्मीका विष्णुप्रसाद सुवेदीलाई गोरखापत्र संस्थानको कार्यकारी अध्यक्षमा नियुक्त गरेको छ ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा अपरान्ह बसेको मन्त्रिपरिषद् बैठकले सुवेदीलाई कार्यकारी अध्यक्षमा नियुक्त गरेको सरकारका प्रवक्ता कानुन न्याय तथा संसदीय व्यवस्थामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।  


उनी यसअघि अन्नपूर्णपोष्ट दैनिक तथा अन्य अनलाइन पोर्टलहरूमा लामो समयदेखि कार्यरत थिए । 
 


Author

थप समाचार
x