राजनीति

एमाले विधान महाधिवेशनमा काठमाडौंबाट भाग लिने २१ प्रतिनिधिको टुंगो [नामसहित]

इकागज |
असोज १३, २०७८ बुधबार १८:१४ बजे

काठमाडौँ – नेकपा एमालेले विधान महाधिवेशनमा भाग लिने २१ जना प्रतिनिधिको नाम टुंगो लगाएको छ । काठमाडौं जिल्ला कमिटीको बुधबार बसेको बैठकले प्रतिनिधिसभा निर्वाचन क्षेत्रबाट एक महिलासहित २० जना र दलित प्रतिनिधिसमेत तोकेर नाम टुंगो लगाएको हो । 

काठमाडौं जिल्ला इन्चार्ज कृष्णगोपाल श्रेष्ठसहित सहइन्चार्जहरू रामेश्वर फुयाल, नारायण सिलवाल, सुरेन्द्र मानन्धर र रूपनारायण श्रेष्ठलगायत उपस्थित बैठकले विधान महाधिवेशनका प्रतिनिधि छनौट गरेको सचिव दिपक निरौलाले बताए । बैठकले सचिव निरौलाको संयोजकत्वमा पार्टी सम्पर्कमा नरहेका र नेकपा एसमा सनाखत गरेपछि निष्क्रिय रहेका जनप्रतिनिधिहरूसँग छलफल गरेर उनीहरूको पक्षधरता प्रष्ट पार्न कार्यदल गठन गरेको छ ।


कार्यदलमा केशरत्न बज्राचार्य, मणिराम फुयाल, तेज ढकाल र रामेश्वर बोहरा रहेका छन् । सो कार्यदलले २० असोजभित्र प्रतिवेदन बुझाउने उनले बताए । एमालेको विधान महाधिवेशन १५–१७ असोजमा ललितपुर गोदावरीस्थित सम्मेलन केन्द्रमा बस्दै छ ।  

 यी हुन् एमालेको विधान महाधिवेशनमा प्रतिनिधित्व गर्ने १० वटा निर्वाचन क्षेत्रका प्रतिनिधि : 

१– धनबहादुर अछामी

२– श्रृजन शर्मा

३– विश्वराज श्रेष्ठ

४– तेज ढकाल

५– मोहन विष्ट

६– विश्वनाथ लामिछाने

७– विश्वराम सापकोटा

८– नीमा ध्याम्चो लामा

९– अनन्त सिग्देल

१०– जनक रिजाल

महिलातर्फ : 

१– विष्णु भुसाल

२– हिरादेवी पोखरेल

३– तारा पुडासैनी

४– अन्जु शर्मा

५– अनिता लामा

६– बिन्दा बुढाथोकी

७– गिता थिङ

८– विजयलक्ष्मि शाही

९– रति जोशी

१०– बिन्दु महर्जन

 उत्पिडित समुदायतर्फ

१– संगम गहतराज


Author

थप समाचार
x