राजनीति

दैनिक ५ लाख ६८ हजार रुपैयाँ भाडा तिरेर विधान महाधिवेशन गर्दै एमाले

अतिन आचार्य |
असोज १४, २०७८ बिहिवार १४:२३ बजे

काठमाडौँ- नेकपा एमालेले भोलि (शुक्रबार) देखि ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा विधान महाअधिवेशन गर्दैछ । एमालेकाे केन्द्रीय कमिटीको बैठकले असोज १५-१७ गते सम्म विधान अधिवेशन गर्ने निर्णय गरेको थियो । आयोजक कमिटीले विधान अधिवेशनमा करिब पाँच हजार प्रतिनिधि आउने अनुमान गरिएको छ । 

देशको सबैभन्दा ठूलो सभाहल निर्माण सम्पन्न हुनासाथ प्रतिपक्ष दल एमालेले गर्न प्रयोग लागेको हो । देशकै ठूलो सम्मेलन केन्द्रको केही महिना अघि निर्माण सम्पन्न भएको थियो र यस सम्मेलन केन्द्रको तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेका थिए । एमालेले  तीन दिने विधान महाधिवेशन प्रयोगका लागि लिएको भाडा स्वरुप एमालेले करिब २२ लाख रुपैयाँ तिर्ने भएको छ ।


आयोजक कमिटी एमालेले एक दिनको हल प्रयोग भाडा ५ लाख ६८ हजार रुपैयाँ तिर्नुपर्ने बताइएकाे छ । सहरी विकास मन्त्रालयको भाडा निर्धारण समितिले भवनको भाडा तोकेको वीरेन्द्र अन्तरर्राष्ट्रिय सम्मेलन केन्द्रका कार्यकारी प्रमुख विद्रोह दाहालले जानकारी दिए ।

उनका अनुसार तीन दिनको १७ लाख ४ हजार रुपैयाँ तिर्नुपर्नेछ । कुल भाडाको थप २५ प्रतिशत शुल्क पनि लिने दाहालले बताए । अधिवेशन आयोजकले  भवनको शुल्क माग गरेका थिए । भवनको शुल्क पठाइसकेको उनले बताए । 

सहरी विकास मन्त्रालयको शुल्क निर्धारण समितिले आज मात्र उक्त शुल्क मात्र प्रस्ताव स्वीकृत गरेको हो । 'तोकिएको शुल्कमा कुनै पनि रकम छुट हुदैन,' दाहालले भने,' तोकिएको भाडामा बढी शुल्क लिइन्छ । सम्मेलन गर्दा क्षति भएमा कुल रकमको लिएर २५ प्रतिशत शुल्कले असुल उपर गरिन्छ । 

सभाहलमा तीन हजार मानिस अट्छन् । आयोजक समितिले हलभित्र नअटेका अन्य दुई हजार मानिसलाई बाहिर राख्‍ने गरी सभाको व्यवस्थापन गरिरहेको दाहालले जानकारी दिए । आफ्ना पाहुनालाई बाहिरै प्लाष्‍टिकको कुर्सी राखेर कार्यक्रम गर्न लागेको उनको भनाइ छ । कुर्सीको व्यवस्थापन आयोजकले गर्ने उनले बताए ।

सभाहलको एसी, लाइट, कुर्सी र पानीको मात्र सम्मेलन केन्द्र व्यवस्थापनले जिम्मा लिने दाहालले बताए । अन्तर्राष्ट्रीय सम्मेलन केन्द्र (बीआईसीसी)ले सभाहलको रेखदेख गर्ने जिम्मेवार पाएको छ ।

कुल ४३ रोपनी १५ आना क्षेत्रफलमा उक्त सम्मेलन केन्द्र निर्माण भएको हो । सरकारले ७२ करोडभन्दा बढी बजेट लागत अनुमान गरेको थियो । पछि ठेक्का लगाउँदा ५८ करोड २४ लाख रुपैयाँमा सम्झौता भएको हो ।

२०७६ कात्तिक २० मा विभाग र केसी-समानान्तर जेभीबीच सम्झौता भएको थियो । ११ रोपनी १४ आनामा सम्मेलन केन्द्र, ३ रोपनी ३ आनामा आन्तरिक सडक, १६ रोपनी २ आनामा बगैंचा तथा हरियाली उद्यान र १३ रोपनी १ आनामा पार्किङस्थल निर्माण भएको छ ।


Author

अतिन आचार्य

वैदेशिक रोजगार, जन-स्वास्थ्य र सामाजिक मामलामा कलम चलाउँने आचार्य संवाददाता हुन् ।


थप समाचार
x