राजनीति

प्रधान सेनापति र राष्ट्रसंघीय आवासीय प्रतिनिधिबीच भेटवार्ता

इकागज |
असोज १४, २०७८ बिहीबार १८:५० बजे

काठमाडौँ – प्रधान सेनापति प्रभुराम शर्मा र संयुक्त राष्ट्रसंघीय आवासीय प्रतिनिधि सारा बेसोल्यो न्यातीबीच भेटवार्ता भएको छ । बिहीबार काठमाडौंस्थित जंगी अड्डामा शर्मा र न्यातीबीच   शिष्टाचार भेटवार्ता भएको हो ।

उक्त वार्तामा राष्ट्रसंघमा नेपाली सेनाको सहभागितालगायत अन्य द्विपक्षीय महत्वको विषयहरूमा छलफल भएको बताइएको छ । यस किसिमको भेटवार्ताले नेपाली सेना र संयुक्त राष्ट्रसंघबीचको आपसी सम्बन्धलाई थप सुमधुर एवम् प्रगाढ बनाउन मद्दत पुग्ने नेपाली सेनाले विश्वास व्यक्त गरेको छ ।



Author

थप समाचार
x