प्रधान सेनापति शर्मा र अमेरिकी राजदूत बेरीबीच भेटवार्ता
काठमाडौँ – प्रधान सेनापति प्रभुराम शर्मा र अमेरिकाका राजदूत र्यान्डी बेरीबीच भेटवार्ता भएको छ । बिहीबार काठमाडौंस्थित जंगी अड्डामा शर्मा र बेरीबीच शिष्टाचार भेटवार्ता भएको हो ।
प्रधान सेनापति शर्माको कार्यकक्षमा भएको उक्त भेटवार्तामा दुई पक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको बताइएको छ । यस किसिमको नियमित भेटवार्ताले दुई देशबीचको आपसी सम्बन्धलाई थप सुमधुर एवम् प्रगाढ बनाउन मद्दत पुग्ने नेपाली सेनाको विश्वास छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया