राजनीति

सोमबार राष्ट्रिय सभाको बैठक बस्दै, प्रधानमन्त्रीको यस्तो छ प्रस्ताव

इकागज |
असोज १७, २०७८ आइतबार १७:४५ बजे

काठमाडौँ - संघीय संसद्‌को राष्ट्रिय सभाको बैठक आइतबार बस्ने भएको छ । बैठकको सुरुवातमा राष्ट्रिय सभा अध्यक्षले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण र अध्यादेश खारेज सम्बन्धी पत्रहरूको व्यहोरा पढेर सुनाउनेछन् । 

प्रधानमन्त्री शेरबहादुर देउवाले 'महालेखापरीक्षकको अन्ठाउन्नौं वार्षिक प्रतिवेदन, २०७८' सभासमक्ष पेस गर्नेछन् । विधायन व्यवस्थापन समितिका सभापति परशुराम मेघी गुरुङले 'अध्यागमन विधेयक, २०७६' सम्बन्धी समितिको प्रतिवेदन सभा समक्ष पेस गर्नेछन्। कानून, न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले फौजदारी कसूर तथा फौजदारी कार्यविधि सम्बन्धी केही ऐन संशोधन गर्ने विधेयक, २०७८ र यौन हिंसा विरुद्धका केही ऐनलाई संशोधन गर्ने विधेयक, २०७८ पेस गर्ने कार्यक्रम छ ।


प्रधानमन्त्री शेरबहादुर देउवाले खाद्य स्वच्छता तथा गुणस्तर विधेयक, २०७७ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् । त्यस्तै सार्वजनिक सेवा प्रसारण विधेयक, २०७७ र सुरक्षण मुद्रण सम्बन्धी विधेयक, २०७७ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् । 


Author

थप समाचार
x