राजनीति

'प्रदेशको गरिमा बचाउन मुख्यमन्त्रीले राजीनामा दिनुपर्छ'

इकागज |
असोज २०, २०७८ बुधबार १८:२१ बजे

जनकपुरधाम -  प्रदेश २ का प्रमुख प्रतिपक्षी दल लोकतान्त्रिक समाजवादी पार्टी संसदीय दलका नेता जितेन्द्र सोनलले मुख्यमन्त्री लालबहादुर राउतले राजीनामा दिनुपर्ने बताएका छन् । 
बुधवार प्रदेश सभा बैठकमा बोल्दै उनले मुख्यमन्त्री कार्यालयमै अख्तियारको छापामारेपछि मुख्यमन्त्रीले राजीनामा दिनुपर्ने बताएका हुन् ।   सोनलले भने ‘अख्तियारको छापामारीले मुख्यमन्त्रीको नैतिकतामाथि नै प्रश्न उठेकोले आफ्नो नैतिकता पनि बचाउन राजीनामा दिएर मुख्यमन्त्रीले मार्ग प्रशस्त गर्नु पर्छ ।'

छापामारीकै प्रसंगमा सोनलले सतारूढ दल जसपालाई कटाक्ष गर्दै भने अख्तियारले छापामारी गर्दैमा संघीयतामाथि प्रहार भयो भनेर सडकमा शक्ति प्रदर्शन गर्नु भनेको भ्रष्टाचारीलाई प्रोत्साहन गर्नु भएको बताए ।  केही दिनअघि अख्तियारले प्रदेशको बेटी बचाउ बेटी पढाउ कार्यक्रममा भ्रष्टाचार भएको भन्दै मुख्यमन्त्री कार्यालयमा छापा मारेको थियो । 



Author

थप समाचार
x