राजनीति

माओवादी सर्लाहीका नेताहरू एमाले प्रवेश

इकागज |
असोज २०, २०७८ बुधबार १९:५५ बजे

काठमाडौँ – नेकपा माओवादी केन्द्र परित्याग गरी सर्लाहीका स्थानीय नेताहरू नेकपा एमाले प्रवेश गरेका छन् । सर्लाहीको हरिवन नगरपालिका वडा नम्बर १० का युवा जयराज चौलागाईं, राजु शिवाकोटी (राजन), बिरु लामा, जीवन लामा, डम्बर लामा, विकाश यादव र अमृत पाख्रिन माओवादी परित्याग गरी एमाले प्रवेश गरेका हुन् । 

एमालेको केन्द्रीय कार्यालय थापाथलीमा बुधबार एक कार्यक्रमबीच महासचिव ईश्वर पोखरेलले उनीहरूलाई खादा लगाएर पार्टीमा स्वागत गरे ।



Author

थप समाचार
x