राजनीति

कांग्रेसको टोली र भाजपा अध्यक्षबीच दिल्लीमा भेटवार्ता

इकागज |
असोज २१, २०७८ बिहीबार २०:४९ बजे

काठमाडौँ – नेपाली कांग्रेसका नेता र भारतीय जनता पार्टी (भाजपा) का अध्यक्ष जेपी नाड्डाबीच भेटवार्ता भएको छ । कांग्रेस सहमहामन्त्री डा. प्रकाशशरण महतको नेतृत्वमा भारत भ्रमणमा रहेका कांग्रेस नेता अजय चौरासिया र उदय रानाले बिहीबार भारतको राजधानी नयाँ दिल्लीमा भाजपाका अध्यक्ष नाड्डासँग भेटवार्ता गरेका हुन् ।

भेटमा नेपालतर्फका तीन नेता र भाजपा विदेश विभाग प्रमुख विजय चौथाइवाले र नेता डा. आश्विन जोहरसमेत सहभागी रहेको रानाले बताए । उक्त भेटवार्तामा दुई पार्टीबीच सम्बन्ध विस्तारका बारेमा सौहार्दपूर्ण कुराकानी भएको रानाले जानकारी दिए । भारतीय सत्तारुढ दलसँग अन्तरक्रिया बढाउने उद्देश्यले प्रधानमन्त्री देउवानिकट तीन नेताहरू बिहीबार भारत भ्रमणमा गएका थिए ।



Author

थप समाचार
x