राजनीति

खाणको पहलमा प्रहरी र सशस्त्रको रासनमा १५ प्रतिशत वृद्धि

इकागज |
असोज २३, २०७८ शनिवार १५:२८ बजे

काठमाडौँ - नेपाल प्रहरी र सशस्त्र प्रहरी बल (एपीएफ)को मासिक रासन भत्ता १५ प्रतिशतले बढेको छ । गृहमन्त्री बालकृष्ण खाणको पहलमा लामो समयदेखि रोकिएको प्रहरी र सशस्त्रको रासनभत्ता बढेको हो ।

अघिल्लो सरकारको बेलामा रासन बढाउन सिफारिस भए पनि सदर भएको थिएन । तर शेरबहादुर देउवा नेतृत्वमा सरकार बनेपछि गृहमन्त्रीको पहलमा अर्थमन्त्री जनार्दन शर्माले रासन भत्ता वृद्धिसम्बन्धी फाइल गत सोमबार सदर गरेका हुन् । 


फाइल सदर भएपछि  बढेको रासन सुविधा गत साउन १ देखि लागू भएको छ । पूर्ववर्ती सरकारले अध्यादेशबाट ल्याएको बजेटमै रासन वृद्धि गर्ने व्वव्था गरिएको थियो । तर बजेट अध्यादेश कार्यान्वय नहुँदा बढेको भत्ता प्रहरी र सशस्त्रले पाएका थिएनन् ।

नयाँ सरकार गठनछि प्रतिस्थापन विधेयक मार्फत् ल्याइएको बजेटमा उल्लेखित रासन वृद्धिको व्यवस्था अनुसार अर्थमन्त्री शर्माले फाइल सदर गरेर कार्यान्वयनमा ल्याएका हुन् । जिल्ला दररेट निर्धारण समितिको सिफारिसका आधारमा अर्थ मन्त्रालयले हिमाली, पहाडी, तराई र उपत्यकाका जिल्लाको महंगी र सुगम/दुर्गम हेरेर रासनबापतको रकम विनियोजन गर्दैआएको छ ।

प्रहरीमा करिब ८० हजार दरबन्दी भए पनि करिब ७० हजार र सशस्त्रमा करिब ३७ हजार सुरक्षाकर्मी कार्यरत छन् । उनीहरूलाई नगदमै रासन भत्ता दिइन्छ ।

रासन भत्ता वृद्धि भएपछि प्रहरीलाई विजयादशमी र दिपावलीका लागि राहत भएको छ । 


Author

थप समाचार
x