राजनीति

लुम्बिनीमा नयाँ मन्त्रीको शपथ, बन्‍याे १७ सदस्यीय जम्बो मन्त्रीमण्डल

इकागज |
असोज २४, २०७८ आइतबार १६:११ बजे

फाइल फोटो

बुटवल - लुम्बिनी प्रदेशमा मन्त्रिमण्डल विस्तार भएको छ । सरकार गठन भएको करिब दुई महिनापछि मुख्यमन्त्री कुलप्रसाद केसीले मन्त्रिमण्डललाई पूर्णता दिएका हुन् । केसीले १७ सदस्यीय जम्बो मन्त्रीमण्डल बनाएका हुन् । 

संघ र प्रदेशमा गठबन्धनका दलहरुबीच भागबन्डा मिलेपछि आइतबार नयाँ ७ मन्त्री र ३ राज्यमन्त्रीसहित १० जनाले सपथ लिएका छन् । प्रदेश प्रमुख अमिक शेरचनले नवनियुक्त मन्त्रीलाई सपथ गराएका हुन् । 


कांग्रेसबाट पाल्पाका वीरबहादुर राना उर्जा, जलश्रोत तथा सिचाई, बाँकेका सुरेन्द्रबहादुर हमाल वन वातावरण तथा भूसंरक्षण मन्त्री, र रुपन्देहीका बसिउद्दिन खाँ शिक्षा विज्ञान युवा तथा खेलकुद मन्त्री भएका छन् ।

यस्तै काँग्रेसबाट राज्यमन्त्रीमा दाङका अर्जुनकुमार श्रेष्ठ र कपिलवस्तुकी रिना नेपाल विकले सपथ लिएकी छन् । श्रेष्ठ ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री र रिना पर्यटन, ग्रामीण तथा सहरी विकास राज्यमन्त्री भएकी हुन् । माओवादीबाट बर्दियाका तिलकराम शर्मा आन्तरिक मामिला तथा सञ्चार, दाङका इन्द्रजित थारू स्वस्थ्य जनसंख्या तथा परिवार कल्याण मन्त्री भएका छन् । 

माओवादीबाट दाङकी विमलाकुमारी वली खत्री स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याण राज्यमन्त्री र कपिलवस्तुकी सुष्मा यादव कृषि, खाद्य प्रविधि तथा भूमि व्यवस्था राज्यमन्त्री भएकी छन् । नेकपा एकीकृत समाजवादीबाट पाल्पाकी रमा घर्ती कानुन, महिला, बाालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भएकी छन् ।

लुम्बिनीमा गत साउन २८ गते माओवादी केन्द्रका केसीको नेतृत्वमा नयाँ सरकार बनेको थियो । माओवादी केन्द्र, कांग्रेस, जसपा र स्वतन्त्र समूहका समेत सहभागी भएर सात सदस्यीयबाट १७ सदस्यीय मन्त्रीमण्डल बनेको हो । लुम्बिनीमा अन्य सात वटै प्रदेशमा भन्दा जम्बो मन्त्रिमण्डल बनेको हो ।


 


Author

थप समाचार
x