राजनीति

उद्योगको अवस्थाबारे लेखाजोखा राख्न अर्थमन्त्रीको निर्देशन

इकागज |
असोज २४, २०७८ आइतबार १८:४० बजे

फाइल फोटो

काठमाडौँ - अर्थमन्त्री जनार्दन शर्माले नेपालका उद्योगहरुको अवस्थाबारे लेखाजोखा गर्न निर्देशन दिएका छन् । बजेट कार्यान्वयनका विषयमा विभिन्न निकायहरुसँग छलफल गर्न आइतबार अर्थ मन्त्रालयमा आइतबार भएको छलफलमा नेपालका उद्योगहरुको अवस्थाबारे लेखाजोखा गर्न अर्थमन्त्री जनार्दन शर्माले निर्देशन दिएका हुन् ।

उनले बाहिरबाट आउने सामानहरु के हुन ? कर्मचारीको अवस्था के छ ? उत्पादनको अवस्था के छ र विभिन्न छिमेकि देशको अवस्था र कानुनकोबारे समिति बनाएरै अध्ययन गर्न निर्देशन दिए । उनले देशलाई फाइदा हुने काम गर्न आग्रह गरे । 


कार्यक्रममा विभिन्न उद्योग सञ्चालकहरुले आफुहरुलाई लागेका कुराहरु राख्न मन्त्रालयमा उपस्थित भएको प्रतिक्रिया दिएका थिए । उनीहरु स्पोन्ज आइरन र ब्लिेडबारे नकारात्मक प्रभाव परिरहेको बताएका थिए । व्यवसायीहरुले कतिपय तथ्यांक गलत भएको बताएका थिए ।

व्यवसायीहरुले २४ वटा उद्योग बन्द गर्ने र ६ वटा उद्योग सञ्चालन गर्ने प्रक्रिया गलत भएको बताएको जिकिर गरेका हुन । उनीहरुले विभिन्न उद्योगहरुको गुणस्तरको जिम्मा नाप तौल विभागले लिएको र हरेक समय कार्य सम्पादन गरिहरको बताएका थिए । 


Author

थप समाचार
x