राजनीति

मोतिपुर घटना:

मृत्तकका परिवारलाई एक-एक लाख राहत दिने प्रदेश सरकारको निर्णय

इकागज |
असोज २५, २०७८ सोमबार १६:५६ बजे

फाइल फोटो

बुटवल - रूपन्देहीको मोतिपुरमा प्रहरीसँगको झडपमा परी मृत्यु भएका परिवारलाई लुम्बिनी प्रदेश सरकारले राहत स्वरूप जनही एक÷एक लाख रूपैयाँ दिने भएको छ । बुटवल उपमहानगरपालिका–१७ मोतिपुरमा सुकुम्बासीको नाममा निर्माणाधिन औद्यौगिक क्षेत्रको जग्गा कब्जा गर्न खोज्ने समूह र प्रहरीबीच झडप हुँदा चार जनाको मृत्यु भएको हो । 

प्रदेश सरकारका प्रवक्ता तथा अन्तरिक मामिला तथा सञ्चारमन्त्री तिलकराम शर्माले सर्वदलीय बैठकको निर्णय अनुसार मृतकको परिवारलाई एक÷एक लाख रूपैयाँ दिने निर्णय भएको जानकारी दिए ।


घाइतेहरूको उपचारमा कुनै कमी आउन नदिने पनि निर्णय भएको छ । अहिले सम्म चारजना मृतकमध्ये तिनजनाको सनाखत भएको छ । मृत्यु हुनेमा रुपन्देहीको शुद्धोधन ५ का विरेन्द्र प्रसाद कुर्मी र नवलपरासी बर्दघाट स्थायी घर भई हाल तिलोत्तमा शंकरनगर बस्ने यूजन कुमाल रहेको प्रहरीले जनाएको छ। 

एक जनाको भने अझै परिचय खुल्न नसकेको प्रहरीले जनाएको छ। यसअघि हिजो नै कपिलवस्तु बाणगंगा १० का ४८ वर्षिय रमेश परियारको मृत्यु भएको थियो । घाइतेहरू धेरै भैरहवाको युनिभर्सल कलेज अफ मेडिकल साइन्सेजमा उपचारत छन् ।

दुई जना प्रहरीलाई हेलिकप्टरमार्फत काठमाडौं पठाइएको छ । घटनामा प्रहरी र सर्वसाधारण गरी ५० भन्दा बढी घाइते भएका छन् । उनिहरुमध्ये चारजनालाई उपचारका लागि काठमाडौं लगिएको छ । 


Author

थप समाचार
x