राजनीति

जनताले अनुभूति गर्ने गरी काम गरेर देखाउँछु : मन्त्री राना

इकागज |
असोज २६, २०७८ मंगलबार २१:३५ बजे

रुपन्देही - लुम्बिनी प्रदेश सरकारका उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वीरबहादुर रानाले आफ्नो कार्यकालमा जनताको अपेक्षाअनुसार काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । मङ्गलबार पाल्पामा पत्रकारहरुसँग कुरा गर्दै मन्त्री रानाले यस प्रदेशका जनताले अनुभूति गर्ने गरी काम गरेर देखाउने बताए ।  

नेपाली कांग्रेस पाल्पाका सभापति समेत रहेका मन्त्री रानाले पाल्पामा विद्युतको समस्या हल गर्ने प्रतिबद्धता पनि व्यक्त गरे । उज्यालो पाल्पा बनाउने, सिद्धबाबाको सडकका खाल्डाखुल्डी पुरेर धुलोरहित बनाउन पहल गर्ने आश्वासन पनि उनले दिए । 
 
नेपालमा राजनीतिक दलप्रति जनताको निराशा बढ्दै गएकाले कामका माध्यमबाट नागरिकको सो निराशा हटाउन आफूले सक्दो प्रयास गर्ने मन्त्री रानाले बताए । रासस 
 



Author

थप समाचार
x