राजनीति

राष्ट्रपति भण्डारीद्वारा शक्तिपीठको दर्शन

इकागज |
असोज २७, २०७८ बुधबार १७:४१ बजे

काठमाडौँ - नेपालीहरुको महान चाड बडादशैको आठौं दिन महाअष्ठमीका अबसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले विभिन्न शक्तिपिठको दर्शन गरेकी छन् । उनले बुधबार नक्साल भगवती, मैतीदेवी, भद्रकाली लगाएतका शक्तिपिठको दर्शन गर्नुका साथै पूजाअर्चना गरेकी हुन् । राष्ट्रपतिले विभिन्न शक्तिपिठको दर्शन गर्दा सुरक्षा ब्यबस्था कडा पारिएको थियो ।

आश्विन शुक्ल प्रतिपदाका दिन पूजाकोठा, दशैंघर अथवा मण्डपममा वैदिक विधिपूर्वक घटस्थापना गरिएको ठाउँमा महाष्टमीको दिन बिशेष भक्तिपूर्वक पुजाआजा गरिन्छ । मध्यरातमा बलि सहित कालरात्रिको पूजा गर्ने चलन रहेको छ ।



Author

थप समाचार
x