राजनीति

गाडी दुर्घटनामा घाइते भएकाको सरकारले निःशुल्क उपचार गर्ने

इकागज |
असोज २७, २०७८ बुधबार १८:३६ बजे

फाइल फोटो

काठमाडौँ - गाडी दुर्घटनामा परेर घाइते भएकालाई सरकारले निःशुल्क उपचार गर्ने भएको छ । सार्वजनिक गाडीमा यात्राका क्रममा दुर्घटनामा परेर घाइते भएकालाई सरकारले निःशुल्क उपचार गर्ने भएको हो ।

गृह मन्त्रालयले बुधबार विज्ञप्ति निकालेर दुर्घटनामा घाइते भएकाको निःशुल्क उपचार गर्ने जनाएको हो । पछिल्लो केही दिन यता मुगु, कास्की, सिन्धुपाल्चोक लगायतका ठाउँमा भएका दुर्घटनाका गम्‍भीर घाइतेको विभिन्न ठाउँमा उपचार भइरहेको छ । सरकारले उनीहरुको निःशुल्क उपचार हुने जनाएको हो ।


यस्तै गाडी दुर्घटनामा परेर ज्यान गुमाउनेहरुको अन्त्यष्टि, किरियाखर्च उपलब्ध गराउने र मृत्तकका परिवारलाई उचित राहत दिने निर्णय पनि गृह मन्त्रालयले गरेको छ । 


Author

थप समाचार
x