राजनीति

उत्पादनमूलक क्षेत्रमा लगानी गर्न जोड

इकागज |
असोज २७, २०७८ बुधवार १९:३६ बजे

फाइल फोटो

बुटवल : रोजगारी सिर्जना र उत्पादनमूलक क्षेत्रमा लगानी गर्नुपर्नेमा उद्योगीहरुले जोड दिएका छन । नेपाल उद्योग व्यवसाय महासंघ लुम्बिनी प्रदेश कमिटी र रुपन्देही जिल्ला समितिको संयुक्त आयोजनामा आज भएको बडा दसैंकोे शुभकामना आदान प्रदान कार्यक्रममा उनीहरुले सो धारणा राखेका हुन ।  

नेकपा एमालेका लुम्बिनी प्रदेश कमिटी अध्यक्ष तथा लुम्बिनी प्रदेश सरकारका पूर्व उद्योेग, वन, पर्यटन तथा वातावरण मन्त्री लिला गिरीले रोजगारीको सिर्जना, उत्पादनमूलक क्षेत्रको विस्तार र सक्रियता, लगानीमैैत्री वातावरण र निर्यात प्रवद्र्धन नै मुलुकको प्रमुख लक्ष्य भएकोे बताएका हुन् । 


कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सदस्य दधिराम न्यौपाने, राष्ट्रियसभा सदस्य गोपाल भट्टराई, संविधानसभा सदस्य नेत्र पन्थी, एमाले नेता भोजप्रसाद श्रेष्ठले उत्पादनमूलक क्षेत्रमा ध्यान दिन र व्यापक रोजगारी सिर्जना गर्नेतर्फ केन्द्रित हुन महासंघलाई आग्रह गरेका थिए । 

एमालेका जिल्ला नताहरु तेजेन्द्र केसी, गोपाल राना, महासंघका सहसंयोजक भास्कर काफ्ले, जिल्ला इन्चार्ज मोतीलाल पाण्डेयलगायतले महासंघको संस्थागत विकास, संगठन विस्तार, सुदृढीकरण र लगानीमैत्री वातावरण निर्माणका लागि एकताबद्ध अभियान र सहकार्यकोे खाँचोे रहेकोमा जाड दिएका थिए । 

उद्योेगी तथा समाजसेवी बाबुराम भट्टराई, एजाज आलम, खेमप्रसाद लुइँटेल, सागर अधिकारी, माधव पौडेल, अनिलकुमार ज्ञवाली, समुन्द्र जिसी, कृष्णप्रसाद घिमिरे, जीवनकुमार बञ्जाडे तथा माधवकुमार खनाललगायतले व्यावसायिक क्षेत्रका समस्या, सम्भावना र त्यसमा पार्टीकोे भूमिकाका बारेमा धारणा राखेका थिए । 

महासंघका लुम्बिनी प्रदेश संयोजक माधव नेपालको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला अध्यक्ष बालाराम भट्टराईले कोेरोना महामारीले थलिएको अर्थ व्यवस्थालाई पुनःउत्थान गर्न जरुरी रहेको बताए । 

महामारीले अति प्रभावित भएका सार्वजनिक यातायातको क्षेत्र, पर्यटन तथा सेवामूलक व्यवसायका क्षेत्रलाई नोक्सानीको मूल्यांकनका आधारमा राज्यले नै विशेष राहत प्याकेजको घोषणा गर्न महासंघले माग गर्दै आएकोे छ । 

लगानीकर्तालाई आकर्षित र सुरक्षित अनुभूति गराउन सहुलीयतपूर्ण लगानी प्रक्रियालाई थप सरल, सहज र प्रभावकारी बनाउनुपर्नेमा महासंघको जोेड रहेको छ । रासस 
 


Author

थप समाचार
x