राजनीति

‘लुम्बिनी प्रदेशलाई उज्यालो प्रदेश बनाउनेछौँ’

इकागज |
असोज २८, २०७८ बिहीबार २१:० बजे

बुटवल - लुम्बिनी प्रदेश सरकारका ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वीरबहादुर रानाले लुम्बिनी प्रदेशलाई उज्यालो प्रदेशका रूपमा चिनाउने बताएका छन् ।  मन्त्री बनेपछि पहिलो पटक रामपुर आएका रानाले बिहीबार नेपाल प्रेस युनियन पाल्पाले रामपुरमा गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै मन्त्री रानाले उज्यालो प्रदेश अभियान पाल्पाबाट सुरु गर्ने बताएका हुन् ।  

प्रदेशभित्रका केही स्थानमा अझै विद्युत् पुग्न नसकेको हुँदा उज्यालो प्रदेशका लागि जलविद्युत्सँगै लघुजलविद्युत्, सौर्य ऊर्जा, वायु ऊर्जाको सहायता लिएर उज्यालो प्रदेशका रूपमा चिनाउने अभियानमा लाग्ने मन्त्री रानाको भनाइ थियो । पाल्पाको समस्याको रूपमा रहेको विद्युत्को समस्यालाई हल गर्नका लागि आफ्नो कार्यकालमा प्राथमिकता दिएर काम गर्ने बताए । 


“अब नागरिक कार्यालयमा पटकपटक धाउने होइन, नेतृत्व पङ्क्ति कार्यस्थलमा पुगेर नागरिकलाई सेवा दिने कार्यमा लाग्नेछ”, उनले भने । नागरिकको बस्तीमा पुगेर उनीहरुका समस्या पहिचान गरी समाधानको बाटोमा आफू सशक्तरूपमा लागेर काम गर्ने मन्त्री रानाको भनाइ छ । रासस 


Author

थप समाचार
x