राजनीति

सुदूरपश्चिमका बाढी पहिरो पीडितलाई राहत दिन अनेरास्ववियूको माग

इकागज |
कात्तिक ५, २०७८ शुक्रवार १७:४९ बजे

कञ्चनपुर - नेकपा एमालेको विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (अनेरास्ववियू)ले सुदूरपश्चिमका बाढी पहिरो पीडितलाई राहत उपलब्ध गराउन सरकारसँग माग गरेको छ । शुक्रबार मुख्यमन्त्री त्रिलोचन भट्टलाई ज्ञापन पत्र बुझाउँदै अनेरास्ववियूले यस्तो माग गरेको हो ।

संगठनको सुदूरपश्चिम इन्चार्ज मोती विक र संयोजक नेत्र मैनालीसहितको टोलीले बाढी पहिरो पीडितलाई राहत, बेपत्ताको खोजी र घरबारविहीनहरूलाई यथोचित बसोबासको व्यवस्था मिलाउन माग गरेको हो ।


ज्ञापन पत्र बुझ्दै मुख्यमन्त्री भट्टले सरकारले राहत तथा उद्दारको काम गरिरहेको बताएको संयोजक मैनालीले जानकारी दिए । आइतबारदेखि परेको अविरल वर्षाका कारण आएको बाढी तथा पहिराले सुदूरपश्चिम प्रदेशमा मानव बस्ती तथा अन्‍नबालीमा क्षति पुगेको छ ।


Author

थप समाचार
x