राजनीति

एमालेकाे वडा अधिवेशनः

विराटनगर महानगरका १७ वडामा सर्वसम्मत, दुई वडामा निर्वाचन

इकागज |
कात्तिक ६, २०७८ शनिबार २१:३९ बजे

विराटनगर – नेकपा एमालेको विराटनगर महानगरपालिकाका १८ वटा वडामा शाखा कमिटीहरूको वडा अधिवेशन सम्पन्न भएको छ । १९ वडा मध्ये १७ मा सर्वसम्मत नेतृत्व चयन भएको छ । वडा नम्बर १ मा शनिबार नै मतदान प्रक्रियाबाट नेतृत्व चयन भएको छ भने सर्वसम्मत हुन नसकेको वडा नम्बर ६ मा आइतबार बिहान निर्वाचन हुँदैछ ।

वडा अधिवेशनबाट क्रममा सर्वसम्मत भएका वडामा अध्यक्षसहित पदाधिकारी र सदस्यहरु चयन भएका छन् । एमालेको संशाेधित विधानअनुसार महानगरपालिकाको वडा कमिटीमा पदाधिकारीसहित सदस्यको संख्या ५१ रहने व्यवस्था छ । शनिबार सम्पन्न वडा अधिवेशनबाट केही वडामा भने सानो आकारको वडा कमिटी गठन भएका छन् । नयाँ विधानअनुसार वडा कमिटीमा अध्यक्षसहित १ उपाध्यक्ष, १ सचिव, २ सहसचिव र बाँकी सदस्य निर्वाचित हुनेछन् ।


सर्वसम्मत हुन नसकेपछि भएको निर्वाचन प्रक्रियाबाट वडा नम्बर १ मा ८१ मतसहित लोकबहादुर बस्नेत निर्वाचित भएका छन् । उनले किशोर बस्नेतलाई ६ मतले पराजित गरेका हुन् । अध्यक्षबाहेकका पदमा भने सर्वसम्मत नेतृत्व चयन भएको जनाइएको छ । वडा नम्बर २ मा विज्ञान शर्मा सर्वसम्मत निर्वाचित भएका छन् भने ३ मा लालमणि भट्टराई, ४ मा जितेन थापा, ५ मा सुनिल श्रेष्ठ अध्यक्ष चयन भएका छन् ।

यस्तै वडा नम्बर ७ मा मनोज पौडेल, ८ मा राम पोखरेल, ९ मा अन्ताज हुसैन, १० मा अर्जुन गिरी, ११ मा ममता प्रधान, १२ मा भानुभक्त पाठक सर्वसम्मत अध्यक्ष चयन भएका छन् । यसैगरी वडा नम्बर १३ मा किशोर पोखरेल, १४ मा राजकुमार महतो, १५ मा उमेश गुरुङ, १६ मा कुमार महर्जन, १७ मा सरोज श्रेष्ठ, १८ मा जितेन्द्र कामत र १९ मा श्याम घिमिरेको अध्यक्षतामा शाखा कमिटी चयन भएको नेकपा एमाले विराटनगर महानगर कमिटीका अध्यक्ष सागर थापाले जानकारी दिए ।


Author

थप समाचार
x