राजनीति

तोकिएकै मितिमा महाधिवेशन नभए पनि फरक पर्दैन : देउवा

इकागज |
कात्तिक ७, २०७८ आइतवार १८:६ बजे

फिदिम –  प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको महाधिवेशन तोकिएकै समयमा आयोजना नभए पनि फरक नपर्ने बताएका छन् ।  पाँचथरको फाल्गुनन्द गाउँपालिकामा शनिबार आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै देउवाले यस्तो बताएका हुन् । 

‘महाधिवेशन तोकिएको मितिमा २–४ दिन तलमाथि भएर केही फरक पर्दैन’, देउवाले भने, ‘तर महाधिवेशन पर सार्ने पक्षमा म छैन ।’ उनले पार्टीको आन्तरिक अधिवेशन हार्दिकताका साथ सम्पन्न गर्न कार्यकर्तालाई निर्देशन दिएका छन् ।  ‘पार्टीभित्र सकभर सहमति गरौं, सहमति नभए लोकतान्त्रिक अभ्यास गरौं । चुनाव हारेकोले जितेकालाई काम गर्न दिनुपर्छ, झगडा गरेर हुँदैन,’ देउवाले भने ।


सरकारले बाढी, पहिरो र डुबानबाट प्रभावित भएकालाई उचित राहत र सहयोग उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्दै देउवाले मृतकका परिवारलाई २ लाख रूपैयाँ उपलब्ध गराउने जानकारी गराए । ‘विपदमा परेका जनतालाई सरकारले हेर्छ । त्यसैले म आएको हुँ’, देउवाले भने । त्यसअघि प्रधानमन्त्री देउवाले पाँचथर र इलामका बाढी, पहिरोले क्षति पुर्याएका क्षेत्रको स्थलगत निरीक्षण गरेका थिए ।


Author

थप समाचार
x