राजनीति

पूर्वआइजीपी सर्वेन्द्र खनाल एमाले प्रवेश गर्दै

इकागज |
कात्तिक ७, २०७८ आइतवार २०:१२ बजे

काठमाडौँ – नेपाल प्रहरीका पूर्वआइजीपी सर्वेन्द्र खनाल नेकपा एमाले प्रवेश गर्ने भएका छन् । खनाल एमाले प्रवेश गर्ने तयारी भइरहेको एमाले पार्टी केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए । 

‘उहाँ (खनाल) चाँडै एमाले प्रवेश गर्दै हुनुहुन्छ । उहाँ पार्टी प्रवेश गर्न तयार भइसक्नुभएको जानकारी छ,’ तामाङले इकागजसँग भने । ९ कात्तिकमा हुन गइरहेको एमालेको पालिका अधिवेशनपछि खनाललाई पार्टीमा स्वागत गर्ने तयारी रहेको एमाले स्रोतले जनाएको छ ।



Author

थप समाचार
x