राजनीति

स्वास्थ्यमा सुधार आएपछि मोहन वैद्य अस्पतालबा‍ट डिस्चार्ज

इकागज |
कात्तिक ७, २०७८ आइतबार २१:१२ बजे

काठमाडौँ –  नेकपा माओवादी क्रान्तिकारीका महासचिव मोहन वैद्य थापालीस्थित नर्भिक अस्पतालबाट डिस्चार्ज भएका छन् । दमको समस्या बढेपछि वैद्यलाई आइतबाट अस्पतालको आकस्मिक कक्षमा भर्ना गरी उपचार गरिएको थियो भने स्वास्थ्य अवस्था स्थिर बनेपछि वार्डमा सारेर उपचार थालिएको थियो ।

उनको अवस्थामा सुधार आएपछि आइतबार अपराह्न डिस्चार्ज गरिएको अस्पताल स्रोतले जनाएको छ । वैद्य उपचारत रहँदा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, उपराष्ट्रपति नन्दकिशोर पुन, गृहमन्त्री बालकृष्ण खाँणलगायतका नेताले भेटेर स्वास्थ्य अवस्थाबारे जानकारी लिँदै स्वास्थ्य लाभको कामना गरेका थिए । 



Author

थप समाचार
x