राजनीति

अन्तिम पटक चितवनबाट लड्छु : दाहाल

इकागज |
कात्तिक ९, २०७८ मगलवार २०:४४ बजे

चितवन- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आगामी निर्वाचनमा आफूले चितवनबाट उम्मेदवारी दिने बताएका छन् । मंगलबार चितवनमा सञ्चारकर्मीसँग कुराकानी गर्दै दाहालले यस्तो बताएका हुन् । 

‘सांसदका रूपमा निर्वाचन लड्ने मेरो अन्तिम हुनसक्छ । चितवन छाड्दिनँ,’ उनले भने,‘ अन्तिम पटक चितवनबाट सांसद् बन्छु ।’ पार्टीको जीवनमा अहिले गम्भीर परिस्थिति आएको भन्दै अध्यक्ष दाहालले संगठनलाई बलियो बनाउन सबै कार्यकर्ताले संकल्प गर्नुपर्ने समय आएको औंल्याए । ‘परिस्थिति गम्भीर छ । जसरी पनि संघर्ष गरेर उपलब्धिको रक्षा गर्नुपर्छ,’ उनले भने ।


नेकपा एमालेले आफ्नो १० औं महाधिवेशन चितवनमा आयोजना गर्न लागेको विषयमा अध्यक्ष दाहालले आफूलाई विजयी गराउन एमालेले सुरुआत गरेको ब्यंग्य गरे । एमालेले चितवनमा महाधिवेशन गर्नुले आफ्नो महत्त्व कति छ भन्ने झल्किएको उनको भनाइ छ ।


Author

थप समाचार
x