राजनीति

बागमती प्रदेश

संसद्लाई सम्बोधन गरेर राजीनामा दिने तयारीमा मुख्यमन्त्री शाक्य

इकागज |
कात्तिक १०, २०७८ बुधबार १३:४८ बजे

काठमाडौँ – बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले मुख्यमन्त्री पदबाट राजीनामा दिने तयारी गरेकी छन् । केहीबेर पछि बागमती प्रदेश सभा बैठकलाई सम्बोधन गरेर शाक्यले राजीनामाको तयारी गरेको अर्थमन्त्री रचना खड्काले इकागजलाई जानकारी दिइन् ।  

‘अब केहीबेरमा संसद् बैठक सुरु हुन्छ । त्यो बैठकलाई सम्बोधन गरेर उहाँले मार्ग प्रशस्त गर्नुहुन्छ’ खड्काले भनिन् । आज शाक्यले प्रदेश सभामा पेश गरेको विश्वासको मत लिने प्रस्तावमा मतदान गर्ने कार्यसूची पनि छ । तर, उनले मतदान प्रक्रियामा नगई राजीनामाको तयारी गरेकी हुन् ।  बागमतीमा गठबन्धनको समर्थनमा नेकपा (एकीकृत समाजवादी) का संसदीय दलका नेता राजेन्द्र पाण्डे र कांग्रेसका संसदीय दलका नेता  ईन्द्र बानियाँमध्ये एक जना मुख्यमन्त्री बन्दैछन् ।



Author

थप समाचार
x