राजनीति

एमाले सुदूरपश्चिमको वडा तथा नगर अधिवेशन १२ र १५ कात्तिकमा

इकागज |
कात्तिक १०, २०७८ बुधबार १६:९ बजे

धनगढी - सुदूरपश्चिम प्रदेशमा नेकपा एमालेको वडा तथा नगरको अधिवेशन प्रभावित बनेको छ । बाढी र पहिरोबाट प्रदेशका सबै जिल्ला प्रभावित बनेपछि एमालेको अधिवेशनहरू सारिएको छ । बाढी पहिरोले कम क्षति गरेको जिल्लाका केही वडामा भने अधिवेशन सम्पन्न भएको एमाले प्रदेश सचिव राजेन्द्र रावलले जानकारी दिए ।

देशका अधिकांश जिल्लामा एमालेको नगर र वडा अधिवेशन सम्पन्न भए पनि सुदूरपश्चिम प्रदेशमा १२ र १५ कात्तिकमा मात्रै वडा तथा नगरको अधिवेशन हुने  भएको हो । बाढी पहिरोले धेरै स्थानका सडक बगाएको र स्थानीय जनताको घर बास नै प्रभावित पारेपछि अधिवेशनमा सबै सहभागी हुने सम्भावना नदेखिएकाले प्रदेशमा १२ गते वडा र १५ गते नगर अधिवेशन गर्ने निर्णय गरिएको छ ।


बुधबार एमाले सुदूरपश्चिम प्रदेश कमिटीले विज्ञप्ति जारी गर्दै १२ र १५ गते अधिवेशन सम्पन्न गर्न जिल्लाका अध्यक्ष तथा प्रदेशका सदस्यहरूलाई सहजीकरणका लागि निर्देशन दिएको छ । सुदूरपश्चिममा अहिलेसम्म डडेल्धुराको एउटा वडा, अछाम, बाजुरा र दार्चुलाका केही वडामा अधिवेशन सम्पन्न भएको छ । ती क्षेत्रमा सर्वसम्मत नेतृत्व चयन भएको छ ।


Author

थप समाचार
x