राजनीति

कांग्रेस महाधिवेशन मिति फेरि सर्‍यो, मंसिर २७-२९ गते केन्द्रीय महाधिवेशन (तालिकासहित)

सन्तोष अधिकारी |
कात्तिक १०, २०७८ बुधबार १९:५५ बजे

काठमाडौँ – नेपाली कांग्रेसको महाधिवेशन कार्यतालिका परिवर्तन भएको छ ।  १३ जिल्लाको जिल्ला अधिवेशन नै गर्न नसकेर केन्द्रीय प्रभावित हुने पक्कापक्की भएको अवस्थामा नयाँ कार्यतालिका सार्वजनिक भएको हो ।  आज बसेको पार्टी निर्वाचन समितिको बैठकले नयाँ मिति तोकेको निर्वाचन समितिका सदस्य एगराज पोखरेलले इकागजलाई जानकारी दिए । 
 
‘आज बसेको निर्वाचन समितिको बैठकले नयाँ मिति तोकेको छ । हिजो (मंगलबार) नै पार्टीले सबै जिम्मा निर्वाचन समितिलाई दिएको थियो,’ उनले भने, ‘आज हामीले अधिवेशन हुन नसकेको १३ जिल्लाको, संघीय क्षेत्र, प्रदेश क्षेत्र, प्रदेश र केन्द्रको महाधिवेशन नयाँ मिति तोकेका हौँ ।’ 

अब यो कार्यतालिका अनुमोदनका लागि कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक तिहारअघि बस्दै छ । यसअघि गत साउन ३० गते बसेको केन्द्रीय कार्यसमिति बैठकले  केन्द्रीय महाधिवेशन मंसिर ९-१३ गते गर्ने कार्यतालिकालाई अनुमोदन गरेको थियो । 



यस्तो छ नयाँ कार्यतालिका 

विवादित १३ जिल्लामा – कात्तिक २७ गते वडा र कात्तिक ३० गते पालिका अधिवेशन 
मंसिर ३ गते –  प्रदेश सभा अधिवेशन
मंसिर ६ गते – संघीय निर्वाचन क्षेत्र अधिवेशन
मंसिर १० गते – जिल्ला अधिवेशन
 मंसिर १६ र १७ गते – सात वटै प्रदेशको अधिवेशन
मंसिर २७ देखि मंसिर २९ गते – केन्द्रीय महाधिवेशन

 

 

 

 

 

 

यसअघि महाधिवेशन मिति मंसिर २७देखि २९ हुनुपर्नेमा अन्यथा भएकाेले सच्याइएकाे छ* - इकागज


Author

सन्तोष अधिकारी

अधिकारी राजनीति तथा अन्य समसामयिक विषयमा कलम चलाउँछन् ।


थप समाचार
x