राजनीति

राजेन्द्र पाण्डे बागमती प्रदेशको मुख्यमन्त्री नियुक्त

इकागज |
कात्तिक ११, २०७८ बिहीबार १५:२२ बजे

काठमाडौँ – नेकपा (एकीकृत समाजवादी) का बागमती प्रदेश संसदीय दलका नेता राजेन्द्र पाण्डे मुख्यमन्त्री नियुक्त भएका छन् । पाण्डेलाई प्रदेश प्रमुख यादवचन्द्र शर्माले बागमती प्रदेशको मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । प्रदेश प्रमुख शर्माले आज दिउँसो ३ बजेसम्मको लागि मुख्यमन्त्रीको लागि दाबी पेश गर्ने समय दिएका थिए । मुख्यमन्त्रीको लागि पाण्डेबाहेक अरु कसैको दाबी परेन ।

पाण्डेलाई एकीकृत समाजवादीसँगै कांग्रेस र माओवादीका सांसदहरुले समर्थन गरेका छन् । पाण्डेले हिजो बुधबार नै संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए ।   पाण्डेको शपथ आजै दिउँसो ३ः३० बजे हुँदैछ । त्यस्तै पाण्डेले आज नै चारसदस्यीय मन्त्रिपरिषद् पनि गठन गर्ने बताइएको छ ।  



Author

थप समाचार
x