राजनीति

कर्णालीका मुख्यमन्त्रीले राजीनामा दिने, पाँच बजे मन्त्रिपरिषद् बैठक बस्दै

लक्ष्मी भण्डारी |
कात्तिक १५, २०७८ सोमबार १६:३७ बजे

सुर्खेत– कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले पदबाट राजीनामा दिने भएका छन् । राजीनामा दिनेबारे छलफलका लागि शाहीले सोमबार अपराह्न पाँच बजे मन्त्रिपरिषद् बैठक बोलाएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।

सर्वोच्च अदालतले नेकपाबाट एमाले र माओवादी ब्युँताएपछि तत्कालीन अवस्थामा एमालेका सांसदद्वारा मुख्यमन्त्री शाहीविरुद्ध अविश्वासको प्रस्ताव हालेका थिए । मुख्यमन्त्री पद जोगाउन कांग्रेसका सांसदहरूले सहयोग गरेका थिए ।


त्यसबेला पद जोगाउन सहयोग गरेका कांग्रेस र तत्कालीन नेकपा एमाले माधव पक्षका नेता (हाल एकीकृत समाजवादी) बीच ११ बूँदे  लिखित सहमति भएको थियो । उक्त सहमतिमा ६ महिनापछि कर्णाली सरकारको नेतृत्व कांग्रेसले गर्ने उल्लेख थियो ।  सोही सहमतिअनुसार सोमबार मुख्यमन्त्री शाहीले राजीनामा दिएर कांग्रेसलाई सत्ता हस्तान्तरण गर्नुपर्ने समयसीमा रहेको छ । यता नेकपा माओवादीका सांसदहरूले भने मुख्यमन्त्री शाहीले राजीनामा दिने वा नदिने भन्ने विषयमा बैठकपछि मात्र थाह हुने प्रतिक्रिया दिएका छन् ।


Author

थप समाचार
x