राजनीति

जनतालाई परिवर्तनको अनुभूति हुने गरी काम गर्न मुख्यमन्त्री शाहीको निर्देशन

इकागज |
कात्तिक १७, २०७८ बुधवार १८:७ बजे

सुर्खेत- कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले प्रमुख सचिवसहित सबै मन्त्रालयका सचिवहरूसँग प्रदेश सरकारका काम कारबाहीका विषयमा छलफल गरेका छन् । सो क्रममा मुख्यमन्त्री शाहीले जनतालाई परिवर्तनको अनुभूति दिने गरेर काम गर्न सचिवहरूलाई निर्देशन दिएका छन् । 

उनले ठूलो भूगोल र कम जनसंख्या भएको कर्णाली विकासका दृष्टिकोणले धेरै पछाडि रहेकाले अरू प्रदेश हिँड्दा कर्णाली दौडनुपर्ने अवस्था रहेको बताए । 


मुख्यमन्त्री शाहीले कर्णालीको भूगोल अत्यन्तै जटिल भएकाले भूगोलअनुसार कार्यक्रम सन्चालन गर्न सचिवहरूलाई निर्देशन दिए ।उनले भएका राम्रा कामहरूको जस कर्मचारीहरूलाई र नराम्रो भएको खण्डमा त्यसको अपजस आफूले लिने बताए । 

पहिलो चौमासिकमा कर्णालीको बजेट खर्च तीन दशमलव ७५ मात्र रहेको भन्दै मुख्यमन्त्री शाहीले बजेट खर्च बढाउने गरेर काम गर्न पनि निर्देशन दिए । उनले कर्णालीमा कार्यरत रहँदासम्म कर्मचारीहरूलाई प्रदेश सरकारबाट पूर्ण सहयोग रहने बताउँदै कर्णालीमा रहँदासम्म आफ्नो घर सम्झेर काम गर्न आग्रह गरे ।


Author

थप समाचार
x