राजनीति

मौलिकता हराएकोमा चिन्ता

स्वास्थ्यमन्त्री खतिवडाको तिहारः कान्छी बहिनीको घरमा गएर टीका लगाउने

इकागज |
कात्तिक १९, २०७८ शुक्रबार १८:९ बजे

फाइल तस्बिर

काठमाडौँ- स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले तिहारमा चेलीबेटीले कोशेलीस्वरूप दिने सेलरोटी दिने चलन हराउँदै गएकोमा चिन्ता प्रकट गरेका छन् ।सेलरोटीको सट्टा बजारमा पाइने विभिन्‍न थरिका मिठाई दिने चलन आएपछि मौलिकता हराएको उनले बताए ।

प्रकृतिमा रमाउने मानिस तिहारमा बढी प्रविधिमा रमाएको उनको भनाइ छ । 'तिहारको मौलिक रौनक पहिले गाउँमा देखिन्थ्यो अहिले ती हराए,' उनी सम्झन्‍छन्,' माटोको दियोमा तेल हालेर बत्ती बालिन्थ्यो । हिजोआज सबै बिजुलीका बत्तीले त्यस्ता दियोलाई विस्थापित गरिदिएको छ ।'


उनले कान्छी बहिनीको घरमा गएर टीका लगाउने बताए। यसपालिको तिहारमा कान्छी बहिनीको घरमा भेला भएर भएकाले काठमाडौँमै टीका लगाउने उनको तयारी छ । मन्त्री खतिवडाले पालैपालो दुई दिदीबहिनीको घरमा लगाउँथे । यसपटक भने उनले कान्छी बहिनीको घरमा लगाउने पालो परेको उनले जानकार दिए ।  यस वर्षको भाइटीका भोलि (शनिबार) परेको छ ।

उनी दुई चेलीबेटीको एक्लो माइती हुन् । यसपालि भने कान्छी बहिनीको घरमा टीका लगाउने उनले बताए । मन्त्री खतिवडालाई एकजना बहिनीले टीका नलगाउँदा अर्कीले लगाउने गरेकी थिइन् । 

ईकागजले पहिलोपटक मन्त्री भएपछि कसरी तिहार मनाउदै हुनुहुन्छ भन्ने प्रश्‍नमा उनले भने,' सामान्य मानिस भएकाले सामान्य तरिकाले तिहार मनाउँदैछु । मन्त्री नभए पनि तिहार मनाउथेँ । अहिले पनि मान्‍ने नै हो । विगत र यसपालिमा केही फरक छैन । चेलीबेटीको घरमा जान्छु लगाउछु ।'

खतिवडा अहिलेसम्म खाली निधार बसेका छैन । विभिन्न समयमा जेलजीवन बिताउनुपर्दा पनि चेलीबेटीले जेलमा आएर टीका लगाइदिएको उनले विगत सम्झे ।

मन्त्री भएपछि उनलाई सबैभन्दा बढी लागेको रोचक पक्ष,' माननीय हुँदा थोरै मानिस सम्पर्कमा हुन्थे, जब मन्त्री बने तब ह्वात्तै भेट्न आउने मानिसको संख्या बढेको छ ।' भेटन आउने मानिसलाई केही दिन नसक्ने उनको भनाइ छ ।

उनी नेकपा (एकीकृत समाजवादी) का नेता हुन् । केही समयअघि नेकपा एमालेबाट छुट्टिएर एकीकृत समाजवादी पार्टी बनेको थियो । उनीसहित अहिलेको गठबन्धनमा पाँच जना मन्त्री बनेका छन् । खतिवडा असोजको तेस्रो सातामा स्वास्थ्य मन्त्रीमा नियुक्त भएका थिए । उनी मकवानपुरको क्षेत्र नम्बर २ बाट निर्वाचित भएका हुन् ।

 


Author

थप समाचार
x