राजनीति

प्रदेश १ को नामाकरण मेरै कार्यकालमा हुन्छ : राजेन्द्र राई

इकागज |
कात्तिक २३, २०७८ मंगलबार १६:१४ बजे

संखुवासभा – प्रदेश १ का  मुख्यमन्त्री राजेन्द्र राईले प्रदेशको नामाकरण आफ्नै कार्यकालमा पूरा गर्ने बताएका छन् । गृह जिल्ला भोजपुर पुगेर विराटनगर फर्किने क्रममा मंगलबार बिहान संखुवासभाको तुम्लिङटारमा पत्रकारहरूसँग कुराकानी गर्दै मुख्यमन्त्री राईले यस्तो बताएका हुन् ।

नामाकरणका लागि पहिचान बोकेका कोशी, किराँत र सगरमाथाबाट छलफल प्रारम्भ गरिने उनले बताए । नामाकरणका लागि प्रतिपक्षी दल एमालेसँगसमेत छलफल गर्ने उनको भनाइ छ । प्रदेश १ को नामाकरण पहिचानका आधारमा हुनसक्ने समेत उनको भानइ छ ।


प्रदेशको नामारण बहुपहिचानको आधारमा सहमतिबाट टुंगो लगाउनेबारे दलका प्रमुखसँग छलफल थाल्ने उनले बताए । विगतका सरकारले संसदमा छलफल, प्रयास नगरेका कारण प्रदेशको नामाकरण अहिले सम्म हुन नसकेको उनले बताए । पूर्वमुख्यमन्त्री शेरधन राईको सरकारले  प्रदेशको नामाकरणका लागि पहल नै नगरेको उनले आरोप लगाए । प्रदेशको नामाकरण प्रस्ताव प्रदेश सभाको दुई तिहाइ मतबाट पारित गर्नुपर्ने संवैधानिक व्यवस्था छ । संघीयता जारी भएको सात वर्ष पूरा हुँदा पनि प्रदेश १ को नामाकरण हुन नसकेको भन्दै स्थानीय जनता नेतृत्वप्रति असन्तुष्ट रहँदै आएका छन् । 


Author

थप समाचार
x