राजनीति

अरुण नदीमा चाँडै पक्की पुल बन्ने प्रदेश १ का मुख्यमन्त्री राईको प्रतिबद्धता

इकागज |
कात्तिक २३, २०७८ मगलवार १६:२८ बजे

संखुवासभा – प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले अबको केही समयमा नै अरुण नदीमा पक्की पुल बन्ने प्रतिबद्धता जनाएका छन् । गृह जिल्ला भोजपुर पुगेर विराटनगर फर्किने क्रममा मंगलबार बिहान संखुवासभाको तुम्लिङटारमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै मुख्यमन्त्री राईले यस्तो बताएका हुन् ।

अरुण नदीको भोजपुर–संखुवासभा जोडिने स्थानमा आफ्नै कार्यकालमा पक्की पुल निर्माण गर्ने उनले बताए ।  संघीय सरकारले १० वर्षअघि शिलान्यास गरेको लम्सुवाघाटको पक्की पुल अहिलेसम्म बन्न नसक्नु दुःखद् भएको उनले बताए । अरुण नदीमा पक्की पुल नहुदाँ भोजपुरबासीले निकै सास्ती पाएको उनको भनाइ छ । आफ्नो कार्यकाल छोटो भए पनि अरुण नदीमा पुक्की पुल निर्माण गरेरै छोड्ने उनले बताए । अघिल्लो सरकारले थालेका राम्रा कामलाई पनि पूरा गर्ने मुख्यमन्त्री राईले प्रतिबद्धता व्यक्त गरे ।



Author

थप समाचार
x