राजनीति

लुम्बिनी प्रदेशका मन्त्रीसहितको टोली र गृहमन्त्री खाणबीच भेट

इकागज |
कात्तिक २३, २०७८ मंगलबार १९:५९ बजे

काठमाडौँ – लुम्बिनी प्रदेशका आर्थिक मामिला तथा सहकारीमन्त्री कृष्णध्वज खड्कासहित सरकारी पदाधिकारीले गृहमन्त्री वालकृष्ण खाणसँग भेट गरेका छन् ।नेपाली कांग्रेस लुम्बिनी प्रदेश संसदीय दलका नेता वीरेन्द्र कनौडिया, लुम्बिनी प्रदेश योजना आयोगका उपाध्यक्ष वामदेव क्षत्री, आयोगका सदस्य दामोदर भुसाल, सांसद रेखा शर्मासहितको टोलीले मंगलबार सिंहदरबारस्थित गृह मन्त्रालयमा मन्त्री खाणसँग भेट गरेको हो ।  

भेटका क्रममा टोलीले प्रदेशको बजेट र प्रदेश प्रहरी ऐन, संघीय निजामती सेवा ऐनअनुसार काम कारबाही नभएकोबारे गृहमन्त्री खाणलाई जानकारी गराएको नेता कनौडियाले जानकारी दिए ।


टोलीले उठाएका समस्या समाधानमा मन्त्रालय तर्फबाट आफूले यथाशक्य पहल गर्ने मन्त्री खाणले बताए ।  ‘यहाँहरूले औंल्याउनु भएका समस्यालाई सरकारले गम्भीरताका साथ लिएको छ । यी समस्या समाधानका लागि सक्दो पहल हुन्छ,’ गृहमन्त्री खाणले भने, ‘संघीयताको भावना र मर्मअनुसार प्रदेश सरकार र संघीय सरकारले आपसमा मिलेर काम गर्नुपर्छ ।’


Author

थप समाचार
x