राजनीति

प्रदेश १

प्रदेश प्रमुख सोमनाथ अधिकारीको बिदाइ

इकागज |
कात्तिक २४, २०७८ बुधबार १६:२४ बजे

विरराटनगर – प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’लाई औपचारिक कार्यक्रम आयोजना गरी बिदाइ गरेका छन् । प्यासीले राईलाई राजनीतिक भविष्य समाप्त गर्ने गरी नभई जनता र प्रदेशको हितमा काम गर्न सुझावसमेत दिए । युवाले नेतृत्व गरेको प्रदेश भन्ने गरी काम गर्न मुख्यमन्त्रीलाई उनले आग्रह गरे । उनले राई कुनै समय आफ्नै दलको कार्यकर्ता रहेको र आज प्रदेश १ को मुख्यमन्त्री बन्न सफल भएकोमा खुसी व्यक्त गरे ।  

मुख्यमन्त्री राईले प्यासी आफ्नो राजनीतिक अविभावक भएको भन्दै राजनीतिक परिवर्तनमा धेरै संस्थाहरू विवादित भए पनि प्रदेश प्रमुख प्यासी विवादित नबनेको उल्लेख गरे । २२ कात्तिकको संघीय सरकारको मन्त्रीपरिषद्को बैठकले प्यासीलाई हटाएर पर्शुराम खापुङलाई नियुक्त गरेपछि उनी बिदा भएका हुन् ।



Author

थप समाचार
x