राजनीति

प्रधानमन्त्रीले गरे थापाथलीस्थित बागमती नदी किनारमा छठी माईको दर्शन [फोटो फिचर]

इकागज |
कात्तिक २४, २०७८ बुधबार १७:४९ बजे

काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवाले थापाथलीस्थित बागमती नदी किनारमा स्थापना गरिएको छठी माईको दर्शन गरेका छन् ।


बुधबार अपराह्न दल, बलसहित थापाथली पुगेर देउवाले छठी माईको दर्शन गरेका हुन् ।

 

नेपालको तराई मधेसका साथै काठमाडौं उपत्यकाका विभिन्न जलाशयमा भव्यताका साथ छठ पर्व मनाइँदै छ । कात्तिक शुक्ल चतुर्थी सोमबारदेखि सुरु भई पञ्चमी तिथिका दिन खरनासमेत सम्पन्न भइसकेको छ ।

षष्ठी तिथिका दिन उस्ताउँदो र सप्तमी तिथिका दिन उदाउँदो सूर्यलाई अर्घदान गरी पारणसँगै छठ पर्व सम्पन्न हुनेछ । छठ पर्वलाई मनकामना पुरा हुने र  भाइचारको सन्देश दिने पर्वका रूपमा लिइन्छ ।

छठी माईको दर्शनका क्रममा देउवाले छठ पर्व नेपालको मौलिक पर्व भएको बताउँदै यस्ता सांस्कृतिक पर्वहरूले देशको राष्ट्रियता मजबुत बनाउने धारणा राखे ।


Author

थप समाचार
x