राजनीति

इन्धनको मुल्यवृद्धिविरुद्ध खाली सिलिन्डरसहित विराटनगरमा प्रदर्शन

प्रहरी अवरोधबीच विद्यार्थीले जलाए प्रधानमन्त्रीको पुतला

बाबुराम भण्डारी |
कात्तिक २६, २०७८ शुक्रबार १९:३२ बजे

विराटनगर – नेकपा एमालेनिकट अनेरास्ववियु मोरङले एलपी ग्यासको खाली सिलिन्डरसहित विराटनगरमा सरकारको विरोध गरेको छ । पेट्रोल, डिजल र खाना पकाउने एलपी ग्यासमा सरकारले गरेको मुल्यवृद्धिको विरोधमा अनेरास्ववियुले शुक्रबार प्रदर्शन गरेको हो ।

जनताको चुल्हो बाल्नै मुस्किल पार्ने गरी सरकारले पेट्रोलियम पदार्थमा मुल्यबृद्धि गरेको भन्दै विद्यार्थीहरूले सरकारको विरोध गरेका छन् । 


जनआन्दोलन चोकमा खाली सिलिन्डरसहित विरोध प्रदर्शनमा उत्रिएको विद्यार्थीमाथि प्रहरीले अवरोध गरेपछि उनीहरूले चर्को नाराबाजी गरेका छन् । प्रहरीको अवरोधकै बीच उनीहरूले प्रधानमन्त्री शेरबहादुर देउवाको पुतला जलाएका छन् । पुतला जलाउने क्रममा प्रहरी र विद्यार्थीबीच घम्साघम्सी भएको छ । पेट्रोल, डिजेल, मट्टितेललगायतका इन्धन र खाना पकाउने ग्यासमा सरकारले गरेको मूल्यवृद्धि तत्काल फिर्ता नलिए अनेरास्ववियु चरणबद्ध आन्दोलनमा उत्रिने संगठनका केन्द्रीय उपमहासचिव भाष्कर खनालले चेतावनी दिए ।


Author

बाबुराम भण्डारी

भण्डारी इकागजका कोशी प्रदेश प्रतिनिधि हुन् ।


थप समाचार
x