राजनीति

काठमाडौंमा नेकपाको मसाल जुलुस [फोटो फिचर]

अनुज बज्राचार्य |
कात्तिक २९, २०७८ सोमवार १८:४१ बजे

काठमाडौँ – नेपाल कम्युनिस्ट पार्टी (विप्लव समूह)ले काठमाडौंको कालिकास्थानदेखि पुतली सडकसम्म मसाल जुलुस निकालेको छ । पार्टीले मंगलबार आह्वान गरेको नेपाल बन्द सफल बनाउन अपिल गर्दै मसाल जुलुस निकालेको बताइएको छ । सरकारले हालै पेट्रोलियम पदार्थमा गरेको मूल्यवृद्धिको विरोधमा नेकपाले मंगलबार नेपाल बन्दको आह्वान गरेको जनाएको छ ।



Author

अनुज बज्राचार्य

बज्राचार्य इकागजका फोटो पत्रकार हुन् ।


थप समाचार
x