राजनीति

वैदेशिक रोजगार कार्यालय अनुगमन

श्रमसम्बन्धी सेवालाई चुस्त र छरितो बनाउन मन्त्री श्रेष्ठकाे निर्देशन

इकागज |
मंसिर १, २०७८ बुधबार १४:३९ बजे

काठमाडौँ – श्रम तथा रोजगारमन्त्री किसान श्रेष्ठले ताहाचलस्थित वैदेशिक रोजगार कार्यालयको  सेवा प्रवाहलाई चुस्त र छरितो बनाउन निर्देशन दिएका छन् । 

बुधबार सो कार्यालयको अनुगमन गर्दै मन्त्री श्रेष्ठले कर्मचारीहरूलाई यस्तो निर्देशन दिएका हुन् । 


करिब दुई घण्टाको अनुगमनका क्रममा मन्त्री श्रेष्ठले कार्यालयबाट हुने गरेका सबै कामबारे जानकारी लिएका छन् । अनुगमनपछि मन्त्री श्रेष्ठले तत्कालै सेवा प्रवाहमा सुधार गर्ने गरी काम गर्न कर्मचारीलाई निर्देशन दिएका हुन् । 

यस्तै टोकन सिष्टममा देखिएका समस्या समाधान गर्न पनि उनले निर्देशन दिएका छन् । श्रमिकहरूलाई नियतवश दुःख दिने कुनै पनि काम नगर्न निर्देशन दिँदै सेवा प्रवाहमा कुनै कानुनी झण्झट भए समाधान गर्ने मन्त्री श्रेष्ठले स्पष्ट पारे । 

एउटै कामका लागि दुई तीन दिन लाग्ने गरेको र यसका कारण पूर्वनिर्धारित उडान छुट्ने देखिएको गुनासो अनुगमनका क्रममा मन्त्रीसँग सेवाग्रहीले राखेका छन् । टोकन दिन दुई दिनसम्म पनि धाउँदा नपाएको गुनासो सेवाग्रहरीको छ ।


Author

थप समाचार
x